ad ad

ग्लोबल


६ छोरीपछि पनि छोरा चाहियो भन्ने पतिसँग ‘डिभोर्स’ गर्न खोज्दा अदालतद्वारा अस्वीकार

६ छोरीपछि पनि छोरा चाहियो भन्ने पतिसँग ‘डिभोर्स’ गर्न खोज्दा अदालतद्वारा अस्वीकार

नेपालखबर
असार १४, २०८० बिहिबार १५:९, काठमाडौँ

चीनमा ६ छोरी भइसक्दा पनि पतिले छोरा नजन्मिएसम्म निरन्तर सन्तान जन्माउन दबाब दिएपछि सम्बन्ध विच्छेद (डिभोर्स) का लागि अदालत पुगेकी महिला त्यसै फर्किन बाध्य भएकी छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनको हुनान प्रान्तकी सियोङ थरकी ती महिलालाई त्यहाँको एक अदालतले सम्बन्ध विच्छेद गर्न नदिएको हो। 

ओउ थरका आफ्ना श्रीमान्‌ले ६ वटा छोरी भइसक्दा पनि आफूलाई बच्चा जन्माउने मेसिन ठानेर छोरा नहुँदासम्म सन्तान जन्माइरहन भनेकाले सम्बन्ध विच्छेद गर्न चाहेको ती महिलाले बताएकी छन्।  

तर अदालतले सम्बन्ध विच्छेद गर्न अस्वीकार गर्दै ती महिलालाई घर फर्किन र परिवारको हेरचाह गर्न आदेश दिएको हो। मुद्दा सुनुवाइको क्रममा न्यायाधीश तान मेङ्सीले उल्टै ती महिलाले छोरीहरूको हेरचाह गर्ने आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको ठहर गरेका हुन्। 

अदालतको यस्तो आदेशपछि त्यहाँ जनआक्रोश बढेको छ। सामाजिक सञ्जालमा चिनियाँ नागरिकले ती महिलाप्रति सहानुभूति प्रकट गरिरहेका छन् भने अदालतको आलोचना गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .