ad ad

समाज


निरुको हत्यापछि एक सातासम्म काठमाडौंमै बसेका थिए विनोद

निरुको हत्यापछि एक सातासम्म काठमाडौंमै बसेका थिए विनोद

निरुको हत्या अभियोगमा पक्राउ परेका विनोद विक। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
बैशाख १७, २०८० आइतबार १५:१७, काठमाडौँ

काठमाडौँको कपनस्थित सरस्वतीनगरमा भाँडा पसल सञ्चालक निरु भन्ने नीरा पाण्डेको हत्या गरेपछि विनोद विक एक सातासम्म काठमाडौंमै बसेको खुलेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतवार पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएको हो। 

विभिन्न डिस्कोमा यसअघि बाउन्सरका रुपमा काम गरिसकेका विनोद भक्तपुरको लोकन्थलीस्थित साथीको घरमा एक साता अघिदेखि बसेको खुलेको छ।

सीआईबीका प्रवक्ता एसएसपी दिनेश आचार्याले पत्रकार सम्मेलनका क्रममा यसअघि चाबहिलको एक डिस्कोमा बाउन्सरका रुपमा काम गरेरका विनोदले सरस्वतीनगरको सबै विवरण थाहा पाएकैले निरुलाई लुट्नकै लागि हत्या गरेको खुलेको बताए। 

'विनोद विश्वकर्मा गत वैशाख ७ गते भक्पुरको लोकन्थली-१ स्थित साथीको घरमा एक सतादेखि बसेको खुलेको छ। उनी वैशाख ७ गते बस चढेर चाबहिलको केएल टावरम्म आएको देखिन्छ', आचार्यले भने, 'त्यसपछि उनी दिउँसो २ बजेतिर निरुको पसलमा छिरेको देखिन्छ। त्यसपछि उनले भाँडा किन्न हेरेको पनि पाइएको छ। २ बजेर ३३ मिनेटतिर एटीएमबाट पैसा निकाल्ने नाममा उनी त्यहाँबाट निस्केका थिए। तर फेरि २ बजेर ४४ मिनेटमा सलमा पसेर पछाडिबाट निरुलाई आक्रमण गरेको पाइएको छ।'

विनोदले निरुकै पसलमा रहेका छुरीले हानेको प्रमाण पनि प्रहरीले बटुलेको छ। 'पसलकै छुरीले निरु पाण्डे आचार्यलाई कयौँ पटक प्रहार गरेपछि उनले लगाएको करिब १ तोलाको सुनको सिक्री र काउन्टरको १२ सय लिएर उनी हिँडेको पाइयो', आचार्यले भने, 'त्यहाँबाट उनी सफा ट्याम्पोमा चढेर ओम अस्पताल पुगेको भेटिएको छ। त्यहाँबाट बाइक चढेर जडीबुटी झरेपछि लोकन्थली साथीकै घरमा बसेका रहेछन्।'

प्रहरीले साथीको घरबाट घटनाका क्रममा रगत लागेको विनोदको सर्ट पनि बरामद गरेको छ। 'घटनामा लगाएको कपडा ब्याग र जुत्ता बरामद भएको छ। साथीको कोठाबाट रगत लागेको कालो टिसर्ट पनि बरामद भइसकेको छ', उनले भने, 'लुटेको सुनको सिक्री तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा ५५ हजारमा बेचेका रहेछन्। हामीले त्यसलाई बरामद गरेका छौँ।'

आचार्यका अनुसार उनले उक्त सिक्री वैशाख १३ गते ५५ हजारमा झापातर्फ गएका थिए। विनोदको घर पनि झापा नै हो। करिब एक तोलाको उक्त सिक्रीको मूल्य करिब ९९ हजार पर्ने आचार्यले बताए। 

प्रहरीका अनुसार निरूको हत्यापछि विनोद एक सातासम्म काठमाडौंमै घुमेका थिए। 'उनले वैशाख १३ गते उक्त सुनको सिक्री बेचेपछि वैशाख १४ गते मात्रै झापातिर लागेको पाइयो', उनले भने, 'उनी घटनापछि काठमाडौंकै ठाउँ ठाउँमा घुमेको पाइयो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .