दार्चुलाको ब्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा मंगलबार गएको हिमपहिरोमा परी मृत्यु भएका तीन मध्ये दुई जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिका–४ कि ३६ वर्षीया कमला कुँवर र डोटी जिल्लाको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा रहेका छन्।
बेपत्ता ५ मध्ये ३ जनाको आब शव फेला परेको हो।
तीन वटै शव त्रिपाल टांगेर बसेको घटनास्थलभन्दा झन्डै अढाइ किलोमिटर तल फेला परेको प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नं. ५० गुल्म दार्चुलाबाट डीएसपी इश्वरीदत्त भट्टको कमान्डमा गएको टोलीले हिउँ पहिरोबाट शव निकालेको हो।
खराब मौसमका कारण आजको लागि खोजीकार्य स्थगित भएको प्रहरीले जनाएको छ।
33
Shares
प्रतिक्रिया