ad ad

समाज


लिबियामा तैनाथ नेपाली शान्ति सैनिक फेरिए

लिबियामा तैनाथ नेपाली शान्ति सैनिक फेरिए

नेपालखबर
बैशाख २९, २०८० शुक्रबार १४:३१, काठमाडौँ

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ।

‘युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया (यूएनएसमिल)’ लिबियामा तैनाथ श्री स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फालाई बदली गर्नको लागि श्री स्पेशल गार्ड युनिट (शान्ति सेना) पाँचौं डफ्फाका ११५ जना शान्ति सैनिकहरुको पहिलो टोली त्यसतर्फ प्रस्थान गरेको छ।

प्रमुख सेनानी भाईकाजी थापाको नेतृत्वमा नेपाल एयरलाइन्सको विमानमार्फत बिहीबार मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन् ।  

यस्तै, उक्त मिशनमा तैनाथ श्री स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फाका ११३ जना शान्ति सैनिकहरु सेनानी गेलङ लामाको नेतृत्वमा शुक्रबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकहरुमा हाल ६ हजार ५९ जना नेपाली शान्ति सैनिकहरु कार्यरत रहेका छन् भने संयुक्त राष्ट्र संघिय मिशनमा सैन्य योगदान पुर्‍याउने मुलुकहरु मध्ये हाल नेपाल दोस्रो स्थानमा रहेको छ।    
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .