सफा हिमाल अभियान २०२३ मा सहभागी हुँदा मृत्यु भएका सरदार आङकाजी शेर्पाको शव काठमाडौं ल्याइएको छ।
ओखलढुंगा स्थायी ठेगाना भएका शेर्पा विगत ३ वर्षदेखि सगरमाथाको क्याम्प–२ मा क्याम्प म्यानेजर तथा कुकको जिम्मेवारी निर्वाह गरिरहेका थिए।
शेर्पाले सफा हिमाल अभियानमा महत्वपूर्ण योगदान पुर्याएको नेपाली सेनाले जनाएको छ।
आरोहण तथा सफाइ अभियानमा प्रयोग गरिएका सामानहरु फिर्ता गर्ने तयारी गर्दै गर्दा अचेत भएका शेर्पाको पार्थीव शरीरलाई नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइएको हो।
शव पोष्टमार्टम पश्चात सम्बन्धित परिवारलाई बुझाइएको छ।
सफा हिमाल अभियान २०२३ का दुईजना सहभागी शेर्पा सहयोगीहरुको सगरमाथा इलाकामा निधन भएको छ।
30
Shares
प्रतिक्रिया