भूकम्पका घाइतेको उपचारको लागि काठमाडौँबाट २५ जना स्वास्थ्यकर्मीको टोली जाजरकोट र रुकुम पश्चिम गएको छ।
नेपाली सेनाको स्काई ट्रक (हवाइजहाज) मेडिकल सामग्री र स्वाथ्यकर्मीसहित काठमाडौँबाट भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको हो।
सशस्त्र प्रहरी बलका डा. रोशन पराजुलीसहितको ८ जना स्वाथ्यकर्मी, वीर अस्पतालका स्वाथ्यकर्मीसहित १७ जनाको टोली त्यसतर्फ उडेको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए।
सुर्खेतबाट सशस्त्र प्रहरीकै डा.निशा घिमिरेको टोली पनि भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ।
यसअघि नेपाली सेनाको हेलिकोप्टर उद्धार टोलीसहित शनिबार बिहानै जाजरकोट गएको थियो।
42
Shares
प्रतिक्रिया