जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १८ गते आएको भूकम्पबाट १६ वटा सरकारी कार्यालय र सार्वजनिक भवन पूर्ण रुपमा क्षति भएका छन्।
गृह मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार रुकुम पश्चिममा १६ वटा सार्वजनिक भवनहरू पूर्ण क्षति भएका हुन्।
त्यस्तै ३४ वटा सार्वजनिक भवनमा आशिंक क्षति पुगेको छ। रुकुम पश्चिमका २१, रुकुम पूर्वका ४, रोल्पा, जुम्ला र प्यूठानमा १÷१ र अछाममा ६ वटा भवनमा आशिंक क्षति पुगेको गृहले बताएको छ।
सो भूकम्पमा परी १५४ जनाले ज्यान गुमाएका छन् भने ३६४ जना घाइते भएका छन्।
त्यसैगरी ३५ हजार बढी घरमा आशिंक र २६ हजार घर पूर्ण क्षति भएको गृह मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।
45
Shares
प्रतिक्रिया