एसीसी प्रिमियर कपको सेमिफाइनलमा घरेलु टोली नेपालले कुवेतविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ७ ओभरको समाप्तिमा विकेटको क्षतिबिना ६० रन बनाएर खेलिरहेको छ।
ओपनर कुशल भुर्तेल र आशिफ शेखले ६० रनको साझेदारी गरेका छन्। जारी प्रतियोगितामा नेपालका ओपनरद्वयले सर्वाधिक साझेदारी गरेका हुन्।
आशिफले १५ बलमा १ चौका र २ छक्का मद्दतमा २१ रनमा नटआउट छन्। कुशल २७ बलमा ६ चौका र १ छक्का बनाएर ३७ रन बनाएर खेलिरहेका छन्।
नेपाल कुवेतलई हराउँदै फाइनल खेल्न चाहन्छ। यता कुवेत पनि उपाधि दाबेदार नेपाललाई हराउँदै उपाधिनजिक पुग्न चाहन्छ।
आजै हुने पहिलो सेमिफाइनल समूह बी को विजेता यूएई र समूह ए को उपविजेता ओमान खेल्दै छन्। खेल मूलपानी मैदानमा हुनेछ।
यूएई र ओमानबीचको खेलपछि मूलपानी मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाउनेछ।
प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ। शीर्ष तीनमा रहने टोलीले भने एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ।
Shares
प्रतिक्रिया