वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल ४५ ओभरमा छोट्याइएको छ।
नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा पानी परेपछि स्थगित खेलमा ५ ओभर घटाइएको हो।
वर्षाका कारण करिब १ घण्टा रोकिएको खेल सवा १२ बजे सुरु हुनेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २३।२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो।
कप्तान रोहित पौडेल ३० र कुशल मल्ल ३२ रनमा नटआउट छन्।
मध्यक्रमका ब्याटर रोहित र कुशलले नेपालको इनिङ्स सम्हालिरहेका छन्। रोहित र कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका छन्।
उत्कृष्ट सुरुआत गरेको नेपालले ३ रन बनाउन ३ विकेट गुमाएको थियो। पहिलो विकेटका लागि कुशल र आशिफले ७७ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। ३९ बलमा ७ चौका र १ छक्का मद्दतमाा ४३ रन बनाएर कुशल क्याच आउट भए। त्यसपछिका ३ रन जोड्न नेपालले भिम सार्की र आशिफ शेखलाई गुमाएको हो।
आशिफ शेख ३१ रन बनाउँदा क्याच आउट भए। २८ बलको सामना गरेका आशिफले १ चौका र ३ छक्का हाने। तेस्रो नम्बरमा ब्याटिङमा आएका भिम सार्की १ रनमा क्याच आउट भए।
कुवेतका लागि एडनास एड्रसले २ तथा मोहम्मद मनिवले एक विकेट लिए।
Shares
प्रतिक्रिया