त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा कप्तान रोहित पौडेल र कुशल मल्लले कुवेतविरुद्ध अर्धशतक पूरा गरेका छन्।
कप्तान रोहितले ५५ बलमा ४ चौका र २ छक्का मद्दतमा अर्धशतक पूरा गरेका हुन्।
कुशलले ४२ बलमा ४ चौका र ३ छक्का मद्दतमा अर्धशतक पूरा गरेका हुन्।
नेपालले २८.२ ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएर खेलिरहेको छ। कुशल ५७ र रोहित ५१ रनमा नटआाउट छन्।
वर्षाका कारण रोकिएको खेल ४२ ओभरमा छोट्याएर निरन्तरता दिइएको छ।
45
Shares
प्रतिक्रिया