एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध तिन विकेट लिएको छ।
नेपाललाई करण केसीले २ तथा सोमपाल कामीले एक विकेट लिर्दै सफलता दिलाएका थिए। कुवेतका ओपनर एडनान इड्रेस शुन्य रनमा क्याच आउट भए।
तेस्रो नम्बरमा ब्याटिङमा आएका परभिन्दर कुमार १ रनमा एलबीडब्लु धरापमा परे। मित भास्कर ५ रनमा क्याच आउट भए।
मित करणको बलमा ललित राजवंशीको हातबाट क्याच आउट भए।
नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले दोस्रो ओभरमा नै दुई विकेट गुमाएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा २ सय ८१ रनको योगफल तयार पारेको थियो।
तर डकवर्थ लुइस मेथडका आधारमा नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको हो।
84
Shares
प्रतिक्रिया