एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालित खेलका लागि नेपाली टिममा एकजना परिवर्तन गरिएको छ। दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झा ल्याइएको हो।
नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन्।
आजको खेल विजेताले सेप्टेम्बरमा हुने एसिया कपमा पाकिस्तान र भारतसँग खेल्न पाउनेछ।
सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह ए को विजेताका रुपमा फाइनलमा पुगेको हो। उता यूएईले सेमिफाइनलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो।
घरेलु टोली नेपाल दर्शक र घरेलु मैदानको फाइदा उठाउँदै एसिया कप पुग्ने लक्ष्यमा छ। उता यूएई पनि नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्ने योजनामा छ।
Shares
प्रतिक्रिया