एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईका दुई ब्याट्सम्यानलाई आउट गरेको छ।
सोमपाल कामीले ओपनर तथा कप्तान मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच गराए। वसिमले ८ बलमा एक चौका र एक छक्का मद्दतमा ११ रन बनाएका थिए।
यसैगरी नेपालका लागि करण केसीले वृत्या अरविन्दलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराए। वृत्याले ८ बलमा २ चौका हान्दै ८ रन बनाएका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि यूएईले ब्याटिङ गरिरहेको छ।
यूएई अहिले ६.२ ओभरमा २ विकेटको क्षतिमा २९ रन बनाएर खेलिरहेको छ।
15
Shares
प्रतिक्रिया