अलराउण्डर करण केसीले २ विकेट लिएका छन्। एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईको तिन विकेट लिएको छ।
नेपालका अलराउण्डर करण केसीले २ तथा सोमपाल कामीले एक विकेट लिए।
करणले नवौ ओभरको पहिलो बलमा आर्यन लाक्रालाई १३ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराए।
त्यसअघि करणले नै वृत्या अरविन्दलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराए। वृत्याले ८ बलमा २ चौका हान्दै ८ रन बनाएका थिए।
सोमपाल कामीले ओपनर तथा कप्तान मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच गराए। वसिमले ८ बलमा एक चौका र एक छक्का मद्दतमा ११ रन बनाएका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गरिरहेको छ।
युएईले ८.१ ओभरमा ३ विकेट गुमाएर ३५ रन बनाएर खेलिरहेको छ।
24
Shares
प्रतिक्रिया