एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपालले यूएईलाई दबाबमा राखेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ९ ओभरमा ४ विकेट गुमाइसकेको छ।
घरेलु टोलीका करण केसीले दुई तथा सोमपाल कामी र ललित राजवंंशीले एक/एक विकेट लिए।
यूएईका ओपनर मुहम्मद बसिम ११ र आर्यन लाक्रा १३ रनमा क्याच आउट भए। वृत्या अरविन्द ८ रन जोड्दा विकेट किपर आरिफ शेखको हातबाट आउट भए।
रमिह शहजाद १ रनमा गुलसन झाको हातबाट क्याच आउट भए।
69
Shares
प्रतिक्रिया