एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपालले यूएईको ५ विकेट लिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले १३.१ ओभरको खेल सकिँदा ५ विकेट गुमाउँदै ५१ रन जोडेको छ।
सन्दीप लामिछानेले रोहन मुस्तफालाई कुशल मल्लको हातबाट क्याचआउट गराएका हुन्।
यसअघि घरेलु टोलीका करण केसीले दुई तथा सोमपाल कामी र ललित राजवंंशीले एक/एक विकेट लिए।
सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।
87
Shares
प्रतिक्रिया