नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले क्रिकेटको यात्रामा बोकेका धेरै सपनामध्ये एउटा सपना पूरा भएको महसुस गरेको बताएका छन्।
एसिसी प्रिमियर लिगको उपाधि उचालेसँगै उनले सामाजिक सञ्जालमार्फत साथ र मायाका लागि सबैप्रति धन्यवाद दिएका छन्।
उनले जिन्दगीले कहाँ लैजाने थाहा नभएको उल्लेख गर्दै उनले एउटा सपना पूरा भएको बताएका हुन्।
‘यो जिन्दगीले कहाँ लैजानेछ थाहा छैन, तर यो साथ र यो मायाको लागि हृदयदेखि धन्यवाद,’ सन्दीपले भने, ‘आज क्रिकेटको यात्रामा धेरै सपनाहरूमध्ये एउटा सपना पूरा भएको महसुस गरेको छु।’
सन्दीप एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी समेत घोषणा भएका छन्। सन्दीपले ओमानविरुद्धको खेलसँगै ४२ म्याचबाट १०२ विकेटसहित विश्वकीर्तिमान बनाएका थिए।
यो प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेसँगै उनलाई ‘म्यान अफ द टुर्नामेन्ट’ घोषणा गरिएको थियो। यो प्रतियोगितामा सन्दीपले १३ विकेट लिन सफल भएका थिए।
Shares
प्रतिक्रिया