जोडी अल्बाको निर्णायक गोलमा बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ।
गएराति नोउ क्याम्पमा भएको खेलमा १० खेलाडीमा सीमित ओसासुनालाई १–० ले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो।
खेलको २६ औँ मिनेटमा नै पेड्रीमाथि अनावश्यक फउल गरेपछि जर्ज अररान्डो सिधै रातो कार्ड खाएर मैदानबाट बाहिरिए। त्यसपछि ओसासुना १० खेलाडीमा समेटिएको थियो।
वैकल्पिक खेलाडीको रूपमा मैदानमा छिरेका अल्बाले खेलको ८५ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए।
शीर्षस्थानमा रहेको बार्सिलोनाको ३३ खेलबाट ८२ अंक पुर्याएको छ। बार्सिलोना दोस्रो स्थानको रियल म्याड्रिडभन्दा १४ अंकले अघि छ।
बार्सिलोनाले अर्को खेलमा स्पान्योललाई पराजित गरे बार्सिलोना ला लिगाको च्याम्पियन बन्नेछ। बार्सिलोनाले यसअघि सन् २०१८–१९ मा ला लिगाको उपाधि जितेको थियो।
6
Shares
प्रतिक्रिया