नेपाल भलिबल संघले चीनमा हुने १९औं एसियाली खेलकुद (एसियाड) र किर्गिस्तानमा हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि १८ खेलाडी छनोट गरेको छ।
संघले खुल्ला छनोटबाट खेलाडी छनोट गरेको छ। खुल्ला छनोटमा विभिन्न क्लब तथा प्रदेशबाट गरी ३६ खेलाडी सहभागी थिए।
खुल्ला छनोटमा राष्ट्रिय टोलीका कप्तान तथा सेटर इम बहादुर राना र ईश्वर थापा मगर सहभागी भएनन्।
नेपाली पुरुष भलिबल टोलीले यो वर्ष १९औं एसियाली खेलकुदसँगै काभा पुरुष भलिबल नेसन्स लिग खेल्नेछ।
काभा पुरुष भलिबल असार ३ देखि १० गतेसम्म किर्गिस्तानमा हुनेछ। प्रतियोगिताका लागि सोमबारदेखि प्रशिक्षण सुरु हुने हुने संघले जनाएको छ।
१८ सदस्यीय टोली
हरिहजुर थापा, लोकेन्द्र गिरि, सम्राट भण्डारी, मान बहादुर श्रेष्ठ, टेकराज अवस्थी, धिरज बस्नेत, राजेन्द्र विष्ट, विशाल विक, रविन चन्द, रवि केसी, हेमन्त मल्ल, दुर्गा खड्का, हरिबहादुर अधिकारी, सफल विक, मनिष मानन्धर, धनबहादुर भट्ट क्षत्री, भिम गाहा, विनोद चन्द।
Shares
प्रतिक्रिया