शहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाईज युनाईटेडलाई १ गोलले पराजित गरेको छ। दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले चर्च ब्वाईजलाई १–० ले हराएको हो।
आर्मीको जितमा जिलेस्पी जंग कार्कीले ४३ औं मिनेटमा विजयी गोल गरे।
चर्च ब्वाईजलाई लिग तालिकामा तीन अंकको अग्रता लिने अवसर प्राप्त थियो। तर कमजोर मानिएको आर्मीले राष्ट्रिय खेलाडीले भरिएको चर्चलाई १–० ले स्तब्ध बनायो।
39
Shares
प्रतिक्रिया