साउथह्याम्टन ११ वर्षपछि इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ।
शनिबार राति घरेलु मैदानमा फुलहमसँग २–० ले पराजित भएसँगै साउथह्याप्टन दुई खेल अगावै रेलिगेसनमा परेकोे हो।
साउथह्याप्टनले लिगका बाँकी दुई खेलमा जित निकालेपनि रेलिगेसनबाट जोगिने छैन। साउथह्याम्टनले लिगमा अब ब्राइटन र लिभरपुलसँग खेल्न बाँकी छ।
साउथह्याप्टनले ३६ खेलमा समान ६ खेलमा हार र बराबरीको नतिजा निकालेको छ। २४ खेलमा भने हार भोगेको छ।
फुलहमको जितमा भिनिसियस र एलेक्सान्डर मित्रोभिचले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो। खेलको ४८औं मिनेटमा भिनिसियसले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।
७२औं मिनेटमा मित्रोभिचले टोलीको अग्रता दोब्बर पारे। त्यसपछि खेलमा थप गोल हुन नसक्दा साउथह्याप्टन रेलिगेसनमा परेको हो।
प्रिमियर लिगबाट रेलिगेट भएपछि टोलीका कप्तान नेम्स वार्ड–प्रोजले भने, हामी सबैलाई थाहा छ, सिजनको सुरुवातमा भएको परिवर्तनले प्रभाव पारेको छ।
Shares
प्रतिक्रिया