भारतमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र कुवेत भिड्ने भएका छन्।
आगामी असार ६ गतेदेखि हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
त्यही दिन समूह 'ए' मै रहेका भारत र पाकिस्तान खेल्नेछन्।
समूह चरणको दोस्रो खेलमा असार ९ गते नेपाल र भारत भिड्ने छन्।
असार १२ गते समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग खेल्ने तालिका छ।
भारतको नयाँ दिल्लीमा बुधबार भएको समूह विभाजनमा आयोजक भारतसँगै नेपाल, कुवेत र पाकिस्तान समूह 'ए' मा छन्।
समूह 'बी' मा लेवनान, मालदिभ्स, भुटान र बंगलादेश छन्।
समूह चरणको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
सेमिफाइनलमा समूह 'ए' को विजेता र समूह 'बी' को उपविजेता तथा समूह 'बी' को विजेता र समूह 'ए' का उपविजेता भिड्नेछन्।
साफ च्याम्पियनसिपमा भारत साविक विजेता र नेपाल उपविजेता रहेका छन्।
प्रतिक्रिया