नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी प्रवलजंग पाण्डेलाई ९ मतले पछि पार्दै कोषाध्यक्ष पद पक्का गरेका हुन्।
महासंघको विधान अनुसार कोषाध्यक्ष कार्यसमितिले चयन गर्ने व्यवस्था छ। जसमा कोषाध्यक्ष बन्नको लागि ४ जनाले उम्मेदवारी दिएका थिए।
चन्द्र ढकाल नेतृत्वको कार्यसमिति सदस्यहरुले मतदान गर्ने निर्वाचनमा कार्यसमिति सदस्य निरक केसी, प्रवलजंग पाण्डे, गोपाल खनाल र सन्दीप अग्रवााले उम्मेदवारी दिएका थिए।
जसमा आज कार्यसमितिभित्रै निर्वाचन हुँदा केसी विजयी भएका हुन्। कुल मतदाता ७३ रहेकोमा ६८ मत खसेको थियो। त्यसमा १ मत बदर भएको हो।
जसमा केसीले ३८ मत ल्याए। त्यस्तै प्रवलजंग पाण्डेले २९ मत ल्याए।
मेगा कलेज र मेगा बैंकमा सेयर रहेका गोपाल खनाल पूर्वअध्यक्ष चण्डी ढकालनिकट रहेका छन्। सन्दीप अग्रवाल वरिष्ठ उपाध्यक्षमा पराजित रामचन्द्र संघाई नजिकका व्यवसायी मानिन्छन्।
Shares
प्रतिक्रिया