सेयरबजारमा आज ८८ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार २७ हजार बढी पटकको कारोबारमा २७ लाख कित्ता सेयर बिक्री भएको हो।
मंगलबार बजार परिसूचक नेप्से १७.३६ अंकले बढेर १९ सय विन्दु पार गरेको छ।
१६८ कम्पनीको सेयर मूल्य बढेको, ४४ वटाको घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको छ।
आज तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ४० रुपैयाँ प्रतिसेयर आम्दानी (८ प्रतिशत) गरेका छन्। यो आजको सर्वाधिक आम्दानी हो। त्यस्तै सनराइज ब्लुचिप फन्डका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन्।
सर्वाधिक कारोबारमा शिवम् सिमेन्ट अगाडि छ। कम्पनीको ७ करोडको सेयर कारोबार भएको छ।
24
Shares
प्रतिक्रिया