चालू आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सेवा क्षेत्रले ६२.४ प्रतिशत योगदान गर्ने देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवको आर्थिक प्रक्षेपण सार्वजनिक गर्दै जीडीपीमा सेवा क्षेत्रको योगदान उक्त दरमा रहने जनाएको हो।
सेवा क्षेत्रमा थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात तथा भण्डारण, सूचना तथा सञ्चार वित्तीय तथा बीमा क्षेत्र, घरजग्गा कारोबार, पेसागत तथा प्रशासनिक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवा पर्ने कार्यालयले जनाएको छ।
अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धिदर स्थिर मूल्यमा २.३३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।
आयात तथा आन्तरिक औद्योगिक उत्पादनमा आएको गिरावटले थोक तथा खुद्रा व्यापारमा ऋणात्मक वृद्धिदर रहेको र यातायात तथा भण्डारण सेवामा पनि न्यूनवृद्धिको कारण यस क्षेत्रको कुल मूल्यअभिवृद्धि वृद्धिदरमा गत आवको तुलनामा कमी आएको कार्यालयको भनाइ छ।
Shares
प्रतिक्रिया