ad ad

ग्लोबल


बेलायती राजाले एक पटक मात्र लगाउन पाउने यो मुकुटको दाम कति?

बेलायती राजाले एक पटक मात्र लगाउन पाउने यो मुकुटको दाम कति?

नेपालखबर
बैशाख २३, २०८० शनिबार १८:०,

बेलायती राजा चार्ल्स तृतीयले शनिबार भएको राज्याभिषेकमा सेन्ट एडवर्डको मुकुट लगाए। यो मुकुट चार्ल्सले  जिन्दगीमा लगाउन पाउने अवसर भनेको यही मात्र हो।

राजाहरुले राज्याभिषेकका बेला मात्र लगाउने यो मुकुट अरुबेला टावर अफ लन्डनमा थन्क्याएर राखिन्छ। 

राज्याभिषेक समारोहको अन्त्यमा राजाहरुले सेन्ट एडवर्डको मुकुट झिकेर इम्पेरियल स्टेट क्राउन नामक अलि हलुका मुकुट लगाउँछन्। 

त्यो मुकुट पनि राजकीय समारोहहरुमा मात्र लगाउने चलन छ।

राजाले एक पटक मात्र लगाउने सेन्ट एडवर्डको मुकुटको मूल्य चाहिँ कति पर्छ त?

यो मुकुटको तौल दुई किलो २३० ग्राम छ। जुन २२ क्यारेट सुनबाट बनेको हो। 

त्यसका अलावा मुकुटमा ४४४ वटा रत्न जडिएका छन्। जसमा अति मूल्यवान् नीलम, माणिक र पुखराज छन्।

यसको वास्तविक मूल्य कति हो भन्नेमा अनेक अड्कल र बहस छ। तर, थुप्रै विज्ञहरुले यसको दाम ३ देखि ५ अर्ब पाउन्ड हुनसक्ने बताएका छन्।

राजाहरुले राजकीय समारोहमा लगाइराख्ने इम्पेरियल स्टेट क्राउन पनि सुनले बनेको हो। जसमा २ हजार ८६८ वटा हिरा र अन्य रत्नहरु जडिएको छ।

यसको दाम पनि करिब ५ अर्ब पाउन्ड पर्ने बताइन्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .