ad ad

ग्लोबल


पहिले प्रेमिकाको हत्या गरे, अनि फेसबुक लाइभ बसेर आत्महत्या

पहिले प्रेमिकाको हत्या गरे, अनि फेसबुक लाइभ बसेर आत्महत्या

नेपालखबर
जेठ १, २०८० सोमबार १२:३९, काठमाडौँ

भारतको राँचीस्थित कोकर इलाकामा एक युवकले आफ्नै प्रेमिकाको हत्या गरी आत्महत्या गरेका छन्।

अंकित नाम गरेका व्यक्तिले आफ्नै प्रमिकाको हत्यापछि आत्महत्या गरेका हुन्।

आत्महत्याको एक दिनअघि गएको बिहीबार साँझ उनले आफ्नै प्रेमिका निवेदितालाई गोली हानी मारे। टाउकोमा गोली लागेकी नवोदिता २० वर्षकी थिइन्। 

गोली हानेपछि अंकित फरार भएका थिए। उनले आफ्नो फोन पनि अफ गरेका थिए। प्रहरीले उनको खोजी गरिरहेको थियो।

शुक्रबार अंकितले फेसबुक लाइभ बसेर आत्महत्या गरे। उनले लाइभमा आफ्नी प्रेमिकाको हत्या गरेको स्विकार गरेका छन्। तर हत्याको कारण खुलेको छैन।

लाइभमा उनले टाउकोमा पेस्तोल समातेर आत्महत्या गर्न लागेको बताएका थिए। त्यसपछि लाइभ रोकियो।

आत्महत्या गर्नुअघि अंकितले दिदीबहिनीलाई आफ्नो लोकेशन पठाएका थिए। उनको परिवारले पनि लाइभ हेरिरहेको थियो। परिवारको माध्यमबाट प्रहरी प्रहरी घटनास्थलमा पुगेको थियो। तर घटनास्थल पुग्नुअघि नै अंकितले टाउकोमा गोली हानेका थिए।

राँचीको कोकर इलाकाबाट प्रहरीले अंकितको रगतले लतपतिएको शव फेला पारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .