नेपाल पत्रकार महासंघले कञ्चनपुरमा समाचार संकलनका क्रममा पत्रकारमाथि कुटपिट भएको भन्दै आपत्ति जनाएको छ।
महासंघ कञ्चनपुर शाखाका सदस्य तथा सीमारेखा डटकमका प्रधानसम्पादक राजेन्द्र नाथ र सगरमाथा टेलिभिजन र स्थानीय आभाषकुन्ज दैनिकमा कार्यरत पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले समाचार संकलनका क्रममा कुटपिट गरी नियन्त्रणमा लिएको थियो।
सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ।
महासंघ कञ्चनपुर शाखाका अनुसार जेठ २ गते मंगलबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गको सुकासाल चोकमा प्रहरी र भारतबाट सामान ल्याउनेहरूबीच झडप भएको थियो।
सोही झडपको स्थलगत समाचार संकलन गर्न पुगेका पत्रकारद्वय नाथ र कुँवरलाई प्रहरीले दुव्र्यवहार गर्दै निर्घात कुटपिट गरी सञ्चार सामग्री नियन्त्रणमा लिई पत्रकार नाथलाई हतकडी लगाई हिरासतमा लिएको थियो।
महासंघले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई निर्वाध र निर्भीक रूपमा सञ्चार कर्ममा जुट्ने वातावरण सिर्जना गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
Shares
प्रतिक्रिया