घरेलु टोली नेपालले जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा २ विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएको हो।
१२ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर ७८ रन बनाएर खेलिरहेको छ।
पहिलो विकेटका लागि कुशल र आशिफले ७७ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
३९ बलमा ७ चौका र १ छक्का मद्दतमाा ४३ रन बनाएका ओपनर कुशल क्याच आउट भए। कुशल एडनान इड्रेसको बलमा यासिन पटेट हातबाट क्याच आउट भए। पछिल्लो समय खराब लयबाट गुज्रिरहेको नेपालका लागि कुशल र आशिफले जारी प्रतियोगितामा सर्वाधिक साझेदारी गरेका हुन्।
भीम सार्की १ रनमा रनमा क्याच आउट भए। आशिफ ३१ र कप्तान रोहित पौडेल १ रनमा क्रिजमा नटआउट छन्।
नेपाल आजको खेलमा कुवेतलाई हराउँदै फाइनल खेल्ने योजनामा छ।
Shares
प्रतिक्रिया