नयाँ सरकार बनेको ४ महिनापछि बल्ल युवा तथा खेलकुद मन्त्तालयले मन्त्री पाएको छ। नेपाली कांग्रेसका डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका छन्।
मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद लिम्बू युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका हुन्। उनलाई प्रधानमन्त्रीले संविधानको धार ७६ को उपधारा ९ बमोजिम नियुक्त गरिएको हो।
यसअघि पटक पटक सरकार बिस्तार भएपनि कुनै पार्टीले खेलकुद मन्त्रालय लिन चासो देखाएको थिएन।
243
Shares
प्रतिक्रिया